आदरणीय गगन दाइ, हार्दिक अभिवादन ।
यो बहिनीको दोस्रो पत्र हो र पत्रको मूलमर्म कृतज्ञता मात्र हो। पहिलो पत्र यसो आत्मसात् गरी हेर्दा नेपाली समाज, कानुन र पितृसत्तामाथि केही दुखेसो पोखिएछ। तर म फिलहाललाई फरक प्रसङ्ग कोट्याउन गइराखेकी छु। केही राजनीतिक प्रसङ्ग छन् यसमा।यसमा। २०८२ साल भदौ २३–२४ मा भएको ‘जेनजी’ (Gen Z) आन्दोलन युवापुस्ताको नेतृत्वमा भ्रष्टाचार, राजनीतिक अस्थिरता, सामाजिक असमानता, रोजगारीको अभाव र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा भएको ठूलो जनआन्दोलन हो। सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको त्यो आन्दोलन छिट्टै देशव्यापी बन्यो र युवाहरूको असन्तोष तथा परिवर्तनको चाहनालाई सशक्त रूपमा उजागर गर्यो।
युवाहरूमा राजनीतिक चेतना र सहभागिता अभिवृद्धि भयो । भ्रष्टाचार र प्रणालीगत सुधारबारे राष्ट्रिय बहसमा युवाको जबर्जस्त एवं सशक्त सहभागिता हुनथाल्यो । साथै, आन्दोलन समन्वय समितिबाट सुधारसम्बन्धी राष्ट्रिय निकास प्रस्ताव अगाडि बढ्यो ।


