प्रिय पाठक ! यो आलेखमा अगाडि बढ्नुअघि एक कदम पछाडि फर्कन अनुमति चाहन्छु – पाण्डव विष्टको पहिलो भाग पढेर दोस्रोमा आइपुग्दा हजुरलाई थप रसिक लाग्न सक्छ । यदि छुटाउनुभएको छ भने त्यसमा पाण्डवले सविस्तार लगाएका युद्धकालीन आततायी यादहरूलाई मैले अक्षरमा बिस्कुनसरी बिछ्याएको छु । जहाँबाट संगीतका सरसराहटसँगै गोली र बारुदका गन्धहरू तपाईंका नाकका पोरा पर्पराउन आइपुग्न सक्छन्, जागरुक विचारोत्तेजक गीत र बाजाहरूमा लागेका रगतका छिटाहरूले तपाईंलाई सिरिङ्ग–सिरिङ्ग पार्न सक्छन् । र, पार्न सक्छन् आफ्नै भूमिमा घटित अतीतले उद्वेलित । आगे तपाईंकै मर्जी । खैर, आउनुस् अब मानव सेवा आश्रममा दिन गनेर जीवन धकेलिरहेका देउडा तथा जनवादी गायक पाण्डवका बाँकी अनुभूतिका तरेलीहरूमा घुस्रिऔं !
आश्रममा भेटिए ‘जनयुद्ध’ का जनगायक–२


